‘हेल्लो जिन्दगी’को ‘झम्के बुलाकी’ सार्वजनिक



रंगखबर, काठमाडौँ – आउँदो शुक्रबारबाट रिलिज हुने फिल्म ‘हेल्लो जिन्दगी’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

‘झम्के बुलाकी’ बोलको लोक शैलीको गीतमा फिल्मका मुख्य कलाकार विक्रम डि. जोशीसहित नवअभिनेत्री विभिया श्रेष्ठले कम्मर मर्काएका छन् ।

राजनराज सिवाकोटीको शब्द, संगीत र गायन रहेको गीतमा मिलन नेवारको स्वर छ ।

एभरेष्ट सुर्य बोहराले निर्देशन गरेको फिल्ममा विक्रमसँगै प्रियंका कार्की, दीपिका प्रशाई, विल्सन विक्रम राई, विक्रान्त बस्नेत, ध्रुव दत्त, सविता गुरुङ, एभरेष्ट सुर्य बोहरालगायतका कलाकारहरुको अभिनय छ ।

निर्देशक बोहराको लेखन रहेको फिल्मले एउटा सत्यकथा पेस गर्ने निर्माण पक्षको दावी छ ।

नेपाल र बेलायतमा छायांकन गरिएको फिल्ममा पुरुषोत्तम प्रधान/अल्बर्ट प्रसादको छायांकन, सम्राट बस्नेतको द्वन्द्व र मित्र डि. गुरुङको सम्पादन छ ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा विक्रम डि जोशी र हिराल जोशीको निर्माण छ ।

सिर्जना महर्जन जोशीको कार्यकारी निर्माता रहेको फिल्ममा सविता गुरुङको सहलगानी छ ।

प्रतिक्रिया दिनुहोस्