मनिषको ‘शमशेर’मा हिमेश र सुमन फाइनल



रंगखबर, काठमाडौँ – एभरेष्ट फिल्म एकेडेमी र डीआर डेनिमको निर्माण रहने फिल्म ‘शमशेर’मा ‘कमेडी च्याम्पियन – सिजन १’का विजेता हिमेश पन्त र अभिनेता सुमन गौतम मुख्य कलाकारको रुपमा अनुबन्धित भएका छन् ।

फिल्मको लागि हिमेश र सुमनको भूमिका नखुलाइएपनि निर्माण पक्षले सार्वजनिक गरेको तस्विरमा दुवै कलाकारलाई भिन्न रुपमा देख्न सकिन्छ ।

निर्देशक छनोट नभएको फिल्ममा यसअघि नै अभिनेताद्वय मनिष राउत र गौरव पहारी अनुबन्धित भैसकेका थिए । फिल्ममा मनिषले शिर्ष भूमिका निर्वाह गर्नेछन् ।

मुख्य अभिनेत्री छनोट चरणमा रहेको फिल्म काठमाडौँ, ढोरपाटन, सोलुखुम्बु र दुबईमा खिचिनेछ ।

सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुलीको पनि अभिनय रहनेछ ।

फिल्ममा अर्जुन पोखरेलले संगीत भर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्