अर्जुनको ‘नथिया’मा पूजा र रोशनको जोडी



रंगखबर, काठमाडौँ – अर्जुन पोखरेलको शब्द, संगीत र एरेञ्ज रहेको गीत ‘नथिया’ सार्वजनिक गरिएको छ । रोमान्टिक स्याड भर्सनको गीतको भिडियोमा पूजा शर्मा र रोशन केसी फिचर्ड छन् ।

भिडियोमा पूजा र रोशन बीचको प्रेम, रोमान्स विछोड देख्न सकिन्छ । दुई कलाकारको जोडी जमेको छ । भिडियोमा पूजाले यौनकर्मी महिला र रोशनले आर्मीको भूमिका निर्वाह गरेका छन् ।

सार्वजनिक गीतमा दुर्गा खरेल र प्रविण वेडवालको स्वर छ ।

संगीतकार पोखरेलको निर्देशन रहेको म्युजिक भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्