ह्याक भएको बुढासुब्बा रिकभर हुँदै, देखिए ‘ए मेरो हजुर ४’का प्रचार सामाग्री



रंगखबर, काठमाडौँ – नेपाली मनोरंजन क्षेत्रका भिडियोहरु अपलोड गर्दै आइरहेको युट्युब च्यानल ‘बुढासुब्बा डिजिटल’ ह्याक भएको छ ।

बुधबारसम्म ठिकठाक रहेको च्यानल बिहिबार ह्याक भएको हो । अहिले ह्याकरबाट च्यानल फिर्ता ल्याउने काम भैरहेको ‘ए मेरो हजुर ४’का निर्माता सुनिलकुमार थापाले बताएका छन् ।

बिहिबार ९ बजेसम्म युट्युबमा च्यानल नै गायब थियो । ९.३० बजे भने ‘बुढासुब्बा’ च्यानलको नाम ‘इथरियम‘ क्रियट गरिएको छ । अहिले नयाँ नाममा ५५ लाख सब्स्क्राइबरसहितको च्यानल देखिएको छ ।

च्यानल ह्याक भएपछी यसको प्रत्यक्ष मारमा बैशाख १ देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ४’ परेको थियो । बिहान ९ बजेसम्म ‘ए मेरो हजुर ४’को ट्रेलर र गीत युट्युब च्यानलबाट हटेका थिए ।

तर, ९.३० पछि भने ‘ए मेरो हजुर ४’सहित ‘बुढासुब्बा’का सम्पूर्ण भिडियोहरु सकुशल देखिएका छन् ।

यसअघिपनि ह्याक भएको ‘बुढासुब्बा’ रिकभर गरिएको थियो ।

ह्याक भएको बुढासुब्बा

प्रतिक्रिया दिनुहोस्