कमेडी र रोनाधोनाको समिश्रण ‘लक्का जवान’को ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – शिवहरी पौड्याल निर्देशित फिल्म ‘लक्का जवान’को ट्रेलर सार्वजनिक गरिएको छ । हास्य कलाकार शिवहरीको यो डेब्यु निर्देशन हो ।

३ मिनेट २१ सेकेण्ड लामो ट्रेलरले कमेडी, रोनाधोना र पारिवारिक झमेला बोकेको छ । निर्माण पक्षले कमेडीलाई प्राथमिकता दिएको छ ।

बैशाख २३ देखि अलनेपाल प्रदर्शनमा आउने फिल्ममा मदनकृष्ण श्रेष्ठ, सरोज खनाल, किरण केसी, सुशील पोखरेल, शिवहरी पौड्याल, राजाराम पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, स्वर्गीय जयनन्द लामा, सुरेन्द्र केसीलगायतका कलाकारहरुको अभिनय छ ।

निर्देशक पौड्यालकै कथा, पटकथा र संवाद रहेको फिल्ममा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन र मित्र डि. गुरुङको सम्पादन छ ।

किरण केसी, शिवहरी पौड्याल र दीलिप रायमाझीको कार्यकारी निर्माण रहेको फिल्ममा अन्सुया श्रेष्ठको लगानी छ ।

फिल्मका सह-लगानीकर्ताहरुमा सुशील अर्याल, डेजी अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्