‘केजिएफ’ र ‘बिस्ट’का कारण फेरि सर्यो शाहिदको ‘जर्सी’



रंगखबर, काठमाडौँ – रिलिजको लागि केहि दिन मात्र बाँकी रहेको अवस्थामा शाहिद कपूर स्टारर फिल्म ‘जर्सी’ पोस्टपोन्ड भएको छ ।

अब यो फिल्म अप्रिल २२ तारिखमा रिलिज हुनेछ । यसअघि डिसेम्बर ३१ मा रिलिज हुने भनिएको फिल्म ओमिक्रोन भेरियन्टका कारण रिलिजको दुई दिन अगाडी पोस्टपोन्ड भएको थियो ।

अप्रिल १३ मा ‘बिस्ट’ र १४ मा ‘केजिएफ: च्याप्टर’ रिलिज हुँदा बक्सअफिसमा हल नपाउने भएपछी अन्तिम समयमा आएर ‘जर्सी’ रिलिज स्थगित भएको हो ।

गौतम तिन्नानुरी निर्देशित स्पोर्ट ड्रामामा शाहिदका अलावा मृनाल ठाकुर र पंकज कपूरको मुख्य भूमिका छ ।

नेपाली बक्सअफिसको सन्दर्भमा भने ‘केजिएफ’ले अनमोल केसी र सुहाना थापा स्टारर ‘ए मेरो हजुर ४’सँग प्रतिस्पर्धा गर्नेछ । यी दुई फिल्मको अग्रिम बुकिङपनि खुल्ला भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्