दर्शक माँझ रानीको ‘म तिम्रै हुँ’ ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गायिका रानी शाक्य र गायक प्रकाश तिमिल्सिनाको स्वर सजित गीत ‘म तिम्रै हुँ’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र मोडल निक्स शर्मा फिचर्ड छन् । रोमान्टिक शैलीको गीतमा केकी र निक्सको रोमान्टिक अन्दाज देख्न सकिन्छ ।

मदन घिमिरेको शब्द रहेको गीतमा मनोज मालीको संगीत छ ।

मदन घिमिरे कै निर्देशन रहेको म्युजिक भिडियोमा रामेश्वर हुमागाईंको छायांकन र अनन्त घिमिरेको सम्पादन छ ।

अमेरिकामा रहेर पनि गायन क्षेत्रमा सक्रिय रानीका दर्जनौ गीतहरु सार्वजनिक भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्