‘प्रेमगन्ज’को टिजरसँगै अफरपनि



रंगखबर, काठमाडौँ – भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘प्रेमगन्ज’को टिजर सार्वजनिक गरिएको छ ।

१ मिनेट ४९ सेकेण्ड लामो टिजरले प्रेमकथा प्रष्ट्याउछ । प्रेमिल संवादसहितको टिजरले प्रेम र विछोडको कथा भन्छ ।

टिजरमा समेटिएका केहि दृश्य उत्कृष्ट फ्रेममा खिचिएका छन् । जसले मन लोभ्याउछन । संजय लामाले खिचेको फिल्मलाई परिच्छेद सेनले निर्देशन गरेका हुन् ।

फिल्ममा सुरक्षा पन्त, बेनिशा हमाल, सम्पदा बानियाँ र नव कलाकार तेज गिरीको मुख्य भूमिका छ । टिजरमा राइडर प्रशान्त र सिमरन खड्काको पनि दृश्य समेटिएको छ ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मलाई राजु फुयालले प्रस्तुत गरेका छन् ।

निर्देशक सेनले नै लेखेको फिल्ममा पवन भट्टराई, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीले पनि अभिनय गरेका छन् ।

टिजरसँगै अफर साथमा

रिलिजको लागि झन्डै ४ महिनाको समय बाँकी रहेको अवस्थामा निर्माण पक्षले टिजर सार्वजनिक गरेको हो । त्यसैले टिजरसहित निर्माण पक्षले दर्शकका लागि अफरपनि ल्याएको छ ।

निर्माण टिमले फिल्मको टिजर कपिराइट फ्रि रहने जनाएको छ । यति मात्र होइन निर्माण टिमले युट्युब, फेसबुक तथा टिकटकमा टिजर राखेर धेरै दर्शकलाई देखाउनेलाई २५ हजार, १४ हजार र १० हजार पुरस्कारको पनि व्यवस्था गरेको छ । यो अफर वैशाख तीन गतेदेखि सुरु भएर साउन २५ गते सम्म चल्नेछ ।

श्रेष्ठका अनुसार टिजर सामाजिक सञ्जालमा सेयर गर्दा ह्यासट्याग प्रेमगन्ज भदौ ३, प्रेमगन्ज हेर्ने दिन भनेर फिल्मको अफिसियल पेजमा मेन्सन गर्दै सेयर गर्नुपर्नेछ । भिडियो बुढासुब्बा युट्युब च्यानलबाट डाउनलोड गरेर अपलोड गर्न सकिने पनि निर्माण टिमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्