‘मन्त्र’को ‘घरि घरि’ गीतमा रोमान्टिक सौगात र दीया



रंगखबर, काठमाडौँ – सौगात मल्ल स्टारर फिल्म ‘मन्त्र’को गीत सार्वजनिक भएको छ । ‘घरि घरि’ बोलको रोमान्टिक गीतमा सौगात र अभिनेत्री दीया पुनको प्रेम देखाइएको छ ।

मनास्लु संरक्षण क्षेत्रमा खिचिएको गीतका दृश्यहरु मनोरम लाग्छन ।

सन्तोष सुनारको शब्द तथा संगीत रहेको गीतमा अल्मोडा र अप्सरा घिमिरेको स्वर छ ।

खिल बहादुर गुरुङले निर्देशन गरेको फिल्मले हिमायलन लभस्टोरी भन्छ । फिल्ममा सौगात र दीयासँगै बुद्धि तामाङ र नमिता तामाङको पनि मुख्य भूमिका छ ।

साम्तेन भुटिया, परिच्छेद सेन र सुनिल नेउरेले लेखेको फिल्ममा नमिता घिसिङ र वीरबहादुर लामाको पनि मुख्य भूमिका छ ।

फिल्ममा संजय लामाको छायांकन, मित्र डी गुरुङको सम्पादन र सन्तोष सुनारको संगीत छ ।

देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा विराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी छ । भने, सह-निर्मातामा भिमसेन केसी र विशेष सहयोगी अमृत थापा रहेका छन्। ।

यो फिल्म बैशाख १६ गतेदेखि अलनेपाल रिलिज हुँदैछ ।

https://youtu.be/cHwsQWW2ii0

प्रतिक्रिया दिनुहोस्