‘सम्झना बिर्सना’ ट्रेलर: पूजा, आकाश र छुल्ठिम बीच त्रिकोणात्मक प्रेम



 

 

रंगखबर, काठमाडौँ – पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म ‘सम्झना बिर्सना’को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्म जेठ ६ देखि सार्वजनिक प्रदर्शनमा आउदैछ ।

निमेष प्रधानको कथा, पटकथा र निर्देशनमा तयार फिल्मले प्रेमकथा भन्छ । ट्रेलरमा पूजा, आकाश र अभिनेत्री छुल्ठिम गुरुङ बीचको त्रिकोणात्मक प्रेमकथा देखाइएको छ ।

ट्रेलरमा प्रेमिल संवाद र केहि कमेडीका दृश्यहरुपनि समावेश गरिएको छ ।

फिल्ममा पूजा, आकाश र छुल्ठिमसँगै सुनिल थापा र शिशिर राणालगायतका कलाकारहरुको अभिनय छ ।

निमेष प्रधान र शिशिर राणाको संवाद रहेको फिल्ममा कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन र तारा थापा (किम्भे)को सम्पादन छ ।

अदुइत्य प्रधान र रेबेका प्रधानले संयुक्त रुपमा यो फिल्मको निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्