मौसमले साथ नदिंदा क्याम्प ३ बाट फर्किए राजु लामा, अन्तिम प्रयासको लागि तयारी गर्दै



रंगखबर, काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आधार शिविरबाट अगाडी बढेका गायक राजु लामाको आरोहण रोकिएको छ ।

मौसमले साथ नदिएपछि उनि र उनको टिम क्याम्प ३ (७,१६२ मि) नजिक लोत्से फेसबाट आधार शिविर फर्कनु परेको छ ।

आधार शिविर फर्किएपछि गायक लामाले इन्स्टामा केहि तस्विर र ‘क्याम्प १’को भिडियो पोस्ट गरेका छन् ।

उनि लेख्छन, ‘क्याम्प ३ नजिक लोत्से फेससम्म पुगेर हाम्रो टिम सुरक्षित रुपमा आधार शिविर फर्किएको छ । अहिले हामि राम्रो मौसमको पर्खाइमा छौँ । सगरमाथा शिखर सम्मेलन अन्तिम प्रयासको लागि । मुस्कानसहित सगरमाथाको चुचुरो चुम्न एकदमै आतुर छु ।’

 

 

View this post on Instagram

 

A post shared by Raju Lama (@therajulamaofficial)

सगरमाथाको यात्रा सुरु गर्नु अघि गायक लामाले पूर्वी लुबुचे पिक (६११९ मि) को सफल आरोहण गरेका थिए ।

जलवायु परिवर्तनले ल्याएको असरबारे सन्देश दिने उद्देश्यसहित लामाले सगरमाथा आरोहण गर्न लागेका हुन् ।

उनि इन्म्याजिन नेपाल एक्सपिडिसन मार्फत सगरमाथा चढ्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्