साराको ठाउँमा जसिता, ‘हनी बनी’को मुख्य अभिनेत्री फाइनल



रंगखबर, काठमाडौँ – अनमोल केसी र सारा शिर्पाइलीले छोडेको फिल्म ‘हनी बनी’मा अभिनेत्री जसिता गुरुङको प्रवेश भएको छ ।

निर्माण पक्षले जसितालाई फिल्मको मुख्य अभिनेत्री स्वरुप साइन गरेको हो । फिल्मको मुख्य अभिनेता भने केहि दिनमा सार्वजनिक गरिने निर्माण पक्षले बताएको छ ।

रोमान्टिक विधाको फिल्ममा जसिता सुहाउने देखेर नै नेपाल छँदै कुरा भएको थियो । कथा र चरित्र मन परेपछि शनिबार उनी फिल्ममा आबद्ध भएकी हुन्,’ निर्माता अजित कुमार थापाले भने ।

दीवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा अनमोल र साराको जोडी फाइनल भएको थियो । तर, साराको लण्डन भिषा र अनमोलको पात्र सम्बन्धि समस्या देखिएपछि दुवै कलाकार फिल्मबाट अलग भएका थिए ।

डेब्यु फिल्म ‘लिलिबिली’ र दोस्रो फिल्म ‘लभ स्टेशन’मा अभिनेता प्रदीप खड्कासँग जोडी बाँधेकी जसिताले प्रदर्शनको पालो कुरिरहेको ‘आइ एम ट्वान्टी वान’मा धिरज मगरसँग जोडी बाँधेकी छन् ।

अब चौथों फिल्ममा जसिताको जोडी नयाँ अभिनेतासँग बाँधिनेछ या पुरानै अभिनेतासँग दोहरिने छ ? हेर्न बाँकी छ ।

असोज १४ लाई प्रदर्शन मिति तय गरेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन

एबी इन्टरनेशनलको व्यानरमा निर्माण हुने फिल्ममा अमित बस्नेत, अजितकुमार थापा र परी रानाको लगानी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्