डविङ सकाएर प्रदर्शनको लागि तयार ‘सिल्ली फो’



रंगखबर, काठमाडौँ – असार ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिल्ली फो’को डविङ कार्य सकिएको छ ।

निर्माण पक्षले डविङ सकाएर फिल्म प्रदर्शनको लागि तयार गरिएको जानकारी दियो ।

राजबहादुर साने निर्देशित फिल्मको पोस्टरले पाएको सकारात्मक प्रतिक्रियाले निर्माण पक्षलाई हौसला मिलेको छ ।

मनोज डीकेले निर्माण गरेको फिल्ममा केकी अधिकारी, धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भूगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पूर्णचन्द्र पोखरेल, अनिता श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

दिव्य सुवेदी, विरेन्द्र परियार र नरेन्द्र आलेको छायांकन रहेको फिल्ममा देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा (किम्भे)को सम्पादन र विशाल श्रेष्ठको सहलगानी छ ।

प्रतिक्रिया दिनुहोस्