अकेशाले ब्यासको प्रेम नबुझ्दा… !



रंगखबर, काठमाडौँ – अमेरिकामा बस्ने ब्यास बिस्सुले निर्माण तथा अभिनय गरेको फिल्म ‘लाइफ इन एलए’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक ‘बसन्’ बोलको गीतमा मुख्य कलाकार ब्यास र अकेशा विष्ट बीचको प्रेम र विछोड देखाइएको छ ।

गीतमा आर्यन पाठकको शब्द, संगीत र स्वर छ ।

अमेरिकामा बस्ने नेपालीहरुको कथा समेटिएको फिल्ममा दर्शकले अमेरिकाका ७० प्रतिशत दृश्य हेर्न पाउनेछन् । सुर्य एन श्रेष्ठले निर्देशन गरेको फिल्मको ३० प्रतिशत छायांकन नेपालमा गरिएको छ ।

फिल्ममा शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतका कलाकारहरुको पनि अभिनय छ ।

फिल्ममा एलिस कार्की/प्रतिक पौडेलको संगीत, कविराज गहतराज/सुरज श्रेष्ठको नृत्य निर्देशन, बाबु श्रेष्ठ/क्रिस वारेनको छायांकन र भुपेन्द्र अधिकारी/उज्ज्वल ढकालको सम्पादन छ ।

ब्यास इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा संसार सुवेदी कार्यकारी निर्माता र राजेन्द्र ठकुराठी निर्माता रहेका छन् ।

फिल्म यसै शुक्रबार अर्थात जेठ ६ देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।

प्रतिक्रिया दिनुहोस्