७ हजार ९ सय मिटरमा दोस्रो कन्सर्ट गरेर आएँ – राजु लामा



रंगखबर, काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका गायक राजु लामालाई राजधानीमा भव्य स्वागत गरिएको छ ।

जेठ २ गते बिहान ४ बजेर ५७ मिनेटमा सगरमाथाको टुप्पोमा पुगेका लामा बिहिबार मात्र काठमाडौँ आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रसंशकले माला र खदा लगाइदिएर नेपाली झण्डासहित लामालाई स्वागत गरे ।

विमानस्थलबाट निस्किदै गर्दा मिडियासँगको कुराकानीमा सगरमाथा आरोहणले गर्व अनुभूति गरेको बताए । ‘मलाई आफुलाई एकदमै गर्व महशुस भयो । हामि यस्तो सुन्दर देशमा छौँ । जहाँ एउटा विश्वको सर्वोच्च शिखर मात्र नभएर एउटा सुन्दर हिमालपनि छ । र त्यस ठाउँमा चोमुलुङ्माको कृपाले मलाई पनि पाइला टेक्ने अवसर जुर्यो । भगवानलाई धेरै धेरै धन्यवाद ।’

उनले आरोहणका क्रममा आफु दुई पटक भावुक भएर रोएको कुरापनि बताए ।

आरोहणका क्रममा आफुले ७,९०० मिटरको उचाईमा पनि कन्सर्ट गरेको जानकारी दिए । ‘पहिलो पटक ६,५७४ मिटरको उचाईमा कन्सर्ट गरें । जुन राम्रो मिडिया कभरपनि भयो । मैले अहिले नयाँ चिज गरेर आएको छुँ, जुन ७,९०० मिटरको उचाई दोस्रो कन्सर्ट गरेर आएँ ।’

जलवायु परिवर्तनविरुद्दको संदेश दिन सगरमाथा चढेका लामाले जलवायुमा बढिरहेको कार्बन  उत्सर्जन घटाउनु पर्छ भन्ने संदेश सम्पूर्ण माँझ पुर्याउन आफ्नो यस कदमले भूमिका खेल्ने बताए ।

इम्याजिन नेपाल एक्सिपिडिसन मार्फत सगरमाथा चढेका लामाले वातावरण जोगाउन आफु अब रुख रोप्ने अभियानमा केन्द्रित हुने बताए ।

गायक राजु लामाले चुमे सर्वोच्च शिखर सगरमाथा

प्रतिक्रिया दिनुहोस्