कान्स रेड कार्पेटमा सुरक्षाको वाक, नेपालको प्रतिनिधित्व गर्दै ‘लोरी’



रंगखबर, काठमाडौँ – अभिनेत्री सुरक्षा पन्त विश्व प्रख्यात फिल्म फेस्टिभल कान्समा सहभागी भएकी छन् ।

CANNES, FRANCE – MAY 18: Surakshya Panta and Andrea Palma attend the screening of “The Eight Mountains (Le Otto Montagne)” during the 75th annual Cannes film festival at Palais des Festivals on May 18, 2022 in Cannes, France. (Photo by Dominique Charriau/WireImage)

आफु अभिनित विदेशी फिल्म ‘द एइट् माउन्टेन्स’ प्रिमियरमा सहभागी भएकी सुरक्षाले रेड कार्पेटमा वाक गरिन ।

रेड कार्पेटमा वाक गर्ने उनि पहिलो नेपाली अभिनेत्री बनिन् । तेन्जिन भुटियाको डिजाइनमा रातो रंगको गाउनमा सुरक्षाले वाक गरेकी थिइन् ।

यसअघि मोडल अन्जली लामाले सन् २०१८ को कान्स रनवेमा वाक गरिसकेकी छन् ।

नेपाल र इटालीमा छायांकन भएको फिल्म ‘द एइट् माउन्टेन्स’ सुरक्षा पन्तले पनि मुख्य भूमिका निर्वाह गरेकी छन् । मुख्य प्रतिस्पर्धा पाम दे ओरमा स्क्रिनिङ हुने यो दोस्रो फिल्म हो ।

फेलिक्स भान ग्रोनिनगेन र चार्लोट्टी भन्डरमिर्सले निर्देशन गरेको फिल्म १ सय ४७ मिनेट लामो छ ।

यस वर्ष कान्समा नेपाली सर्ट फिल्म ‘लोरी’ले पनि आफ्नो विधामा प्रतिस्पर्धा गर्दैछ । १ सय ४० देशका ३५ सय ७ फिल्म मध्येका उत्कृष्ट ९ मा रहँदै ‘लोरी’ले नेपालको तर्फबाट पहिलो पटक कान्समा सहभागिता जनाएको हो ।

नेपाल र हङकङको प्रतिनिधित्व गर्ने ‘लोरी’लाई अविनाश विक्रम शाहले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्