रंगखबर, काठमाडौँ – अभिनेत्री सुरक्षा पन्त विश्व प्रख्यात फिल्म फेस्टिभल कान्समा सहभागी भएकी छन् ।
आफु अभिनित विदेशी फिल्म ‘द एइट् माउन्टेन्स’ प्रिमियरमा सहभागी भएकी सुरक्षाले रेड कार्पेटमा वाक गरिन ।
रेड कार्पेटमा वाक गर्ने उनि पहिलो नेपाली अभिनेत्री बनिन् । तेन्जिन भुटियाको डिजाइनमा रातो रंगको गाउनमा सुरक्षाले वाक गरेकी थिइन् ।
यसअघि मोडल अन्जली लामाले सन् २०१८ को कान्स रनवेमा वाक गरिसकेकी छन् ।
नेपाल र इटालीमा छायांकन भएको फिल्म ‘द एइट् माउन्टेन्स’ सुरक्षा पन्तले पनि मुख्य भूमिका निर्वाह गरेकी छन् । मुख्य प्रतिस्पर्धा पाम दे ओरमा स्क्रिनिङ हुने यो दोस्रो फिल्म हो ।
फेलिक्स भान ग्रोनिनगेन र चार्लोट्टी भन्डरमिर्सले निर्देशन गरेको फिल्म १ सय ४७ मिनेट लामो छ ।
यस वर्ष कान्समा नेपाली सर्ट फिल्म ‘लोरी’ले पनि आफ्नो विधामा प्रतिस्पर्धा गर्दैछ । १ सय ४० देशका ३५ सय ७ फिल्म मध्येका उत्कृष्ट ९ मा रहँदै ‘लोरी’ले नेपालको तर्फबाट पहिलो पटक कान्समा सहभागिता जनाएको हो ।
नेपाल र हङकङको प्रतिनिधित्व गर्ने ‘लोरी’लाई अविनाश विक्रम शाहले निर्देशन गरेका हुन् ।