‘चिसो मान्छे’ ट्रेलर: जो महिला पतिको लास बोक्दा बोक्दै प्रेममा पर्छिन



रंगखबर, काठमाडौँ – दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’को ट्रेलर रिलिज भएको छ । ३ मिनेट १६ सेकेण्ड लामो ट्रेलरले मानवीय समवेदनाको कथा भन्छ ।

वैदेशिक रोजगारीमा गएका श्रीमान गुमाएकी बिकट क्षेत्रकी महिलाले कसरी चाहना र सपनाको उडान भर्छिन भन्ने संघर्ष ट्रेलरले बोकेको छ । जो बिभिन्न बन्धनहरुबाट बाँधिएकी छन् ।

फिल्मको ट्रेलर मुख्यतय कलाकार स्वस्तिमा खड्का, देशभक्त खनाल र अर्पण थापा वरिपरि घुम्छ । सुदुरपश्चिमेली पहाडी क्षेत्रकी युवतीको भूमिकामा स्वस्तिमाले आफुलाई डुबाएकी छन् । ‘बुलबुल’पछि स्वस्तिमालाई ‘चिसो मान्छे’मा हेर्न पक्कै पनि रोचक हुनेछ ।

 

व्यवसायिक र समिक्षात्मक रुपमा सफल ठहरिएको ‘आमा’पछि निर्देशक दीपेन्द्रको रिलिज हुने यो पहिलो फिल्म हो । जुन प्रतिक्षित बनेको छ ।

दीपेन्द्र कै छायांकन र लेखन रहेको फिल्ममा स्वस्तिमा, अर्पण र देशभक्तसँगै आशन्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारहरुको अभिनय छ ।

राष्ट्रिय अवार्ड विजेता निर्मात्री शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा सुवाष भुषालको संगीत र दिर्घ खड्काको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्