‘तरबार’मा बोल्ड बेनिशा



रंगखबर, काठमाडौँ – बेनिशा हमाल अभिनित फिल्म ‘प्रेमगन्ज’को आइटम गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बेनिशाले ठुम्का लगाएकी छन् ।

‘तरबार’ बोलको गीतमा फिल्मका मुख्य कलाकार तेज गिरीलाई पनि प्रस्तुत गरिएको छ । पेसाले बैंकर गिरीले यहि फिल्म मार्फत डेब्यु गर्दैछन् ।

पुरुषोत्तम ढुंगेलको शब्द रहेको गीतमा किरण भुषालको संगीत, दीक्षा जे थापा/सुरज थापा ठकुरीको स्वर र द वाइल्ड रिपर्ज क्रुको कोरियोग्राफी छ ।

ठुलो क्यानभासमा छायांकन गरिएको गीतको भिडियो कलरफुल बनेको छ ।

परिच्छेद सेनले निर्देशन गरेको ‘प्रेमगन्ज’मा बेनिशा र तेजका अलावा सम्पदा बानियाँ, सुरक्षा पन्त, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, पवन भट्टराई, सन्जोग रसाइली, गित बिष्टलगायतका कलाकारहरुको अभिनय छ ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मलाई राजु फुयालले प्रस्तुत गरेका छन् ।

भदौ ३ देखि प्रदर्शनमा आउने फिल्ममा परिच्छेद सेनको पटकथा/संवाद, किरण भुषालको संगीत, संजय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्