पैसाको चक्कर लगाउने ‘घनचक्कर’ ट्रेलर



रंगखबर, काठमाडौँ – असार १० गतेदेखि अलनेपाल प्रदर्शनमा आउन लागेको फिल्म ‘घनचक्कर’को ट्रेलर रिलिज गरिएको छ ।

सार्वजनिक ट्रेलर सजिलो तरिकाले पैसा कमाउन खोज्ने युवाको वरिपरि घुम्छ । ट्रेलरमा मुख्य कलाकार सौगात मल्ल र सलोन बस्नेत बीचको मित्रता र दुस्मनी देखाइएको छ ।

जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको फिल्ममा सौगात र सलोनसँगै जेवी डिसी, सरोज खनाल, कस्मिरा लाम, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडललगायतका कलाकारहरुको अभिनय छ ।

भट्ट एण्ड सन्स प्रोडक्सनले निर्माण गरेको फिल्ममा करुणा अर्याल र संगम भट्टको लगानी छ । हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको फिल्ममा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाईले सहलगानी गरेका छन् ।

फिल्ममा सुसन प्रजापतिको छायांकन, अर्जुन सिंहको कथा, काजी लिम्बुको पटकथा/संवाद, अष्ट महर्जनको द्वन्द्व, प्रदीप श्रेष्ठ/साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य/देव कोइमी/बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्