‘वर एण्ड वधु’ निर्माण घोषणा, जोडी बाँध्दै आँचल र विवेक



रंगखबर, काठमाडौँ – नेपाली विवाहको परम्परामा आधारित रहेर निर्माण हुने लभस्टोरी फिल्म ‘वर एण्ड वधु’ आधिकारिक घोषणा गरिएको छ ।

निर्देशक मिलन चाम्सले राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको कास्ट एण्ड क्रु मिडियासामु सक्षात्कार गराए ।

मल्टिस्टारर फिल्ममा आँचल शर्मा र विवेक कर्माचार्यले जोडी बाँध्नेछन् । पहिलो फिल्म मै आँचल जस्तो स्थापित कलाकारसँग स्क्रिन शेयर गर्न पाउदा खुसि मिलेको अभिनेता कर्माचार्यले बताए ।

प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा आँचल र विवेकसँगै सृष्टि खड्का, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसीलगायतका कलाकारहरुको अभिनय रहनेछ । भने, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले केमियो भूमिका निर्वाह गर्नेछिन ।

नेपाली र हिन्दि भाषामा निर्माण हुने फिल्मलाई रोमानिया, इटाली र फ्रान्समा खिचिनेछ । नेपाल बाहिर नेपाली फिल्मको बजार खोज्न ‘वर एण्ड वधु’ले विशेष भूमिका खेल्ने निर्देशक चाम्सले बताए ।

जेठ अन्त्यदेखि छायांकनमा जाने फिल्ममा अर्जुन पोखरेल/युग भुषालको संगीत, रविन्द्र सुवेदीको छायांकन रहने फिल्मलाई एलआरके इन्टरटेनमेन्टले ३ करोड बजेटमा निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्