बलात्कार विरुद्ध स्वरुपराजको ‘खोजि हिँडे’



रंगखबर, काठमाडौँ – गायक स्वरुपराज आचार्यको स्वरमा नयाँ गीत ‘खोजि हिँडे’ सार्वजनिक भएको छ ।

‘अनुनय’ एल्बममा समावेश गीतमा डा. भामा देवकोटा शर्माको शब्द रचना र विष्णु तामाङको संगीत छ ।

पछिल्लो समय नेपालमा बढिरहेको बलात्कारको घटनालाई गीतले भिडियोमा उनेको छ । बलात्कारीहरु हामीहरु कै वरिपरि रहेपनि पहिचान गर्न नसकेको संदेश गीतको भिडियोले दिएको छ ।

बसन्त सापकोटाले निर्देशन गरेको म्युजिक भिडियोमा डा. प्रमोद शर्मा, अमृता श्रेष्ठ र खेमनाथ खनालले अभिनय गरेका छन् ।

दीपक कुमार शर्मा र अम्बिका शर्माले निर्माण गरेको म्युजिक भिडियोमा दिनेश पराजुलीको छायांकन र उत्तर राना मगरको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्