‘आँधी तुफान २’को शिर्ष गीतमा तीन युवतीको बोल्ड अन्दाज



रंगखबर, काठमाडौँ – साउन २० गतेदेखि अलनेपाल प्रदर्शनमा आउने फिल्म ‘आँधी तुफान २’को शिर्ष गीत रिलिज गरिएको छ ।

सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आरती आचार्य, यांशु श्रेष्ठ र सोनी बिसी बोल्ड रुपमा प्रस्तुत भएका छन् ।

हरि उप्रेतीको शब्द रचना, सुरेश अधिकारीको संगीत, सुवानी मोक्तानको स्वर रहेको गीतको भिडियोमा अभि वाग्लेको कोरियोग्राफी छ ।

मदन घिमिरेले निर्देशन गरेको फिल्ममा रवि गिरी, संजय खतिवडा, सन्जित भण्डारी, पुस्कर राउत, कान्जी कोइराला, ऋचा थापा, अनामिका कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

मौनता श्रेष्ठको लेखन तथा निर्माण रहेको फिल्ममा सुरेश अधिकारी/विक्रम थापाको संगीत, प्रेम चुल्ठेको द्वन्द्व, कमल राई/अभि वाग्लेको कोरियोग्राफी, रामशरण उप्रेतीको छायांकन र मन्दील श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्