आर्यनकी सानी बनिन् रुबिना



रंगखबर, काठमाडौँ – छायांकार सौरभ लामाको निर्देशनमा तयार नयाँ म्युजिक भिडियो ‘मेरी सानी’ सार्वजनिक भएको छ ।

सार्वजनिक म्युजिक भिडियोको गीत तर्फ शंकर थापा (स्माइल)को संगीत, डीपी खनाल/साडू खनालको शब्द रचना र रविन लिम्बुको स्वर छ ।

आफ्नो कर्मथलोदेखि टाढा रहेकी आफ्नी मायालुलाई भेट्न आतुर प्रेमीको कथा बाचन गरिएको म्युजिक भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री रुबिना थापाले अभिनय गरेका छन् ।

निर्माण पक्षले आर्यन र रुबिनाको जोडीलाई दर्शकले रुचाउनेमा आशावादी रहेको छ ।

म्युजिक भिडियोमा सुरेश पाण्डेको कोरियोग्राफी, हिमाल श्रेष्ठको छायांकन, सौरभ लामाको डीओपी र अर्जुन जिसीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्