अनुप बराल निर्देशित ‘दोख’को टिजर सार्वजनिक



रंगखबर, काठमाडौँ – अनुप बराल निर्देशित फिल्म ‘दोख’को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४८ सेकेण्ड लामो टिजरले जनयुद्धको पृष्ठभुमिमा खेलिएको एक खेलको संकेत गर्छ ।

टिजरमा फिल्मका मुख्य कलाकार मनिष निरौला र लोकमणि सापकोटा अटाएका छन् ।

असार २४ देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा दीया मास्के, माओत्से गुरुङ, रोय दिव, सुरज मल्ल, साजन थापा मगर, कमल देवकोटा, दिवज राईलगायतका कलाकारहरुको पनि अभिनय छ ।

राजन कठेतको कथामा निर्मित फिल्ममा शैलेन्द्र ध्वज कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

रन्जु वाग्ले थापा, भिम न्यौपाने र ओम गुरुङ कार्यकारी निर्माता रहेको फिल्ममा सविन ज्ञवाली र मनोज अधिकारीको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्