‘बगान’को औपचारिक घोषणा, सरोज खनालको निर्देशनमा डेब्यु



रंगखबर, काठमाडौँ – भेट्रान अभिनेता सरोज खनाल अब निर्देशक बनेका छन् । उनि निर्देशित फिल्म ‘बगान’को औपचारिक घोषणा भएको छ ।

फिल्मबारे जानकारी दिंदै सरोजले इन्ट्रो टिजर र ‘तिम्रो सुन्दर आँखा’ बोलको गीत सार्वजनिक गरेका छन् ।

सार्वजनिक गीतमा अभिनेता आकाश श्रेष्ठ र नवअभिनेत्री प्रमिला कार्की फिचर्ड छन् । कथावाचनको रुपमा समावेश गरिएको गीतमा सुरेश वाग्लेको शब्द, सुभाष भुषालको संगीत र सुगम पोखरेल/अस्मिता अधिकारीको स्वर छ । गीतको भिडियो निर्देशन भने कविराज गहतराजले गरेका छन् ।

अभिनेत्री करिश्मा मानन्धर कार्यकारी निर्मात्री रहेको फिल्ममा निर शाह, सरोज खनाल, बसुन्धरा भुषाल, मिथिला शर्मा र करिश्मा मानन्धरलगायतका वरिष्ठ कलाकारहरुको मुख्य भूमिका छ ।

निर्देशक खनालले आफ्नो जीवनकालमा फिल्ममा अभिनय गरेर सिकेको ज्ञान र अनुभवलाई निर्देशनमा प्रयोग गर्ने प्रयास गरेको बताए । उनले आफूले निर्देशन गरेको फिल्मले समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा तयार फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहालको छायांकन र अर्जुन जिसी/राजेश शाह/सन्देश शाहको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्