‘जाम भो माइली’को सफलतापछि प्रकाशले ल्याए ‘मन भुल्छ’



रंगखबर, काठमाडौँ – गायक प्रकाश दुतराजलाई ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’लगायतका गीतले चर्चाको शिखरमा पुर्याइदिए ।

आफूद्वारा संगीतवद्ध गीतले सफलता पाएपछि प्रकाशले होम प्रोडक्सन बाहिरका केहि गीतमा सहकार्य गरे ।

आफ्नै युट्युब च्यानलमा सार्वजनिक गीत ‘जाम भो माइली’को आठ महिनापछि प्रकाश नयाँ गीत सार्वजनिक गरेका छन् ।

‘मन भुल्छ’ बोलको गीतमा प्रकाश कै शब्द, संगीत र स्वर छ । उनलाई गायकीमा शान्ति श्री परियारले साथ दिएकी छन् । प्रकाशका हिट गीत ‘जाम भो माइली’ र ‘घर कता हो बैनीको’मासमेत शान्तिकै आवाज थियो ।

सार्वजनिक गीतको भिडियोमा प्रकाश आफै देखिएका छन् । उनिसंगै भिडियोमा विजय पुन, रोशनी कार्की, जुना सुन्दास, आयुष्मा कार्की, भूमिका गिरी, सुजल बम, गीता ढुंगानालगायतले अभिनय गरेका छन् ।

मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडियोमा अनिल के मानन्धरको छायांकन र नबिन घर्ति मगरको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्