‘चिसो मान्छे’को मर्मस्पर्शी गीत ‘जीवन बाटोमा’ सार्वजनिक



रंगखबर, काठमाडौँ – असार ३ देखि प्रदर्शनमा आउने फिल्म ‘चिसो मान्छे’को लिरिकल गीत रिलिज गरिएको छ ।

‘जीवन बाटोमा’ बोलको गीतमा निकिता थापा र रेखा जोशी स्वर छ । जीवनको कथा भन्ने गीतको शब्द रचना सहदेव अर्यालले गरेका हुन् । भने देउडा भाकाको शब्द हर्क साउदले लेखेका छन् ।

गीतमा सुवाष भुषालले संगीत भरेका छन् ।

दीपेन्द्र के खनालको लेखन, छायांकन र निर्देशनमा तयार फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारहरुको अभिनय छ ।

शर्मिला पाण्डेले निर्माण गरेको यस फिल्ममा सुवाष भुषालको संगीत र दिर्घ खड्काको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्