अमृत गुरुङको आवाजमा ‘दोख’को गीत सार्वजनिक



रंगखबर, काठमाडौँ – फिल्म ‘दोख’का लागि लोकपप ब्यान्ड नेपथ्यका गायक अमृत गुरुङले गाएको गीत सार्वजनिक गरिएको छ ।

लोकपप विधामा नेपालीको मन-मनमा बस्न सफल भएका गायक गुरुङको यो पहिलो पार्श्वगायन हो । शुक्रबार राजधानीमा आयोजना गरिएको गीत रिलिज कार्यक्रममा गायक गुरुङले फिल्मी गीतमा पनि आफुलाई दर्शकले रुचाउने विश्वास व्यक्त गरे ।

‘बन चरी उड्यो’ बोलको शिर्ष गीतमा आभासको संगीत र श्रवण मुकारुङको शब्द रचना छ ।

राजन कठेतको लेखन र अनुप बरालको निर्देशन रहेको ‘दोख’मा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङलगायतका कलाकारहरुको अभिनय छ ।

सशस्त्र द्वन्द्वकालको समयमा दुई गाउँ बीचको सामुदायिक जंगलको झगडालाई कथाको रुपमा प्रस्तुत गरिएको फिल्म असार २४ देखि अलनेपाल प्रदर्शनमा आउनेछ । फिल्ममा शैलेन्द्र ध्वज कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

रन्जु वाग्ले थापा, भिम न्यौपाने र ओम गुरुङ कार्यकारी निर्माता रहेको फिल्ममा सविन ज्ञवाली र मनोज अधिकारीको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्