आकाश र पूजाको ‘हाँस्ने खेल्ने बेलैमा’



रंगखबर, काठमाडौँ – आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित फिल्म ‘सम्झना बिर्सना’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

‘हाँस्ने खेल्ने बेलैमा’ बोलमा पूजा र आकाश फिचर्ड छन् । काठमाडौँका बिभिन्न स्थानमा खिचिएको गीतको भिडियोमा तामझाम देखाइएको छ ।

अर्जुन पोखरेलको शब्द र संगीतमा तयार गीतमा अन्जु पन्त र किरण गजमेरको स्वर छ । गीतको भिडियो कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

छायांकार शिव ढकालले यो गीत खिचेका छन् । भने, बन्दे प्रसादले सम्पादन गरेका छन् ।

निमेष प्रधानको पटकथा र निर्देशनमा तयार फिल्ममा पूजा र आकाशसंगै छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर राणालगायतका कलाकारहरुको अभिनय छ ।

असार ३१ मा रिलिज हुने फिल्ममा निमेष प्रधान र शिशिर राणाको संवाद रहेको छ ।

शिव ढकालको छायांकन र तारा थापा (किम्भे)को सम्पादन रहेको फिल्ममा आदित्य प्रधान र रेबेका प्रधान लगानी छ ।

प्रतिक्रिया दिनुहोस्