सिल्ली फो ट्रेलर: चार मूर्खको संगतमा हिरोइन बन्न संघर्षरत केकी



रंगखबर, काठमाडौँ – केकी अधिकारी स्टारर फिल्म ‘सिल्ली फो’को ट्रेलर रिलिज भएको छ । राज बहादुर सानेको लेखन र निर्देशनमा तयार फिल्म कमेडी जनरामा निर्माण भएको छ ।

ट्रेलरमा अभिनेत्री केकी अधिकारीलाई हिरोइन बन्न संघर्षरत युवतीको रुपमा देखाइएको छ । अन्य चार मुख्य कलाकारहरु भने पैसाको पछाडी दौडिने बेवकूफको भूमिकामा छन् ।

मनोज डीकेले निर्माण गरेको फिल्ममा केकीसंगै रविन्द्र झा, धिरेन शाक्य, राजाराम पौडेल, दिनेश रेग्मी, भूगोल कार्की, रमेश बजगाईंलगायतका कलाकारहरुको अभिनय छ ।

दिव्य सुवेदीले खिचेको फिल्ममा पुरुषोत्तम न्यौपानेको संगीत, शिव बिकेको कोरियोग्राफी, देव महर्जनको एक्सन र तारा थापा (किम्भे)को सम्पादन छ ।

असार ३१ बाट अलनेपाल प्रदर्शनमा आउने फिल्मका सहनिर्मातामा विशाल श्रेष्ठ र अम्बर बहादुर विष्ट (सागर) छन् ।

https://youtu.be/XR9fJtKmn9Y

प्रतिक्रिया दिनुहोस्