ऋचाको हातमा यसराजको मेहेन्दी रंग !



रंगखबर, काठमाडौँ – गायक आनन्द कार्की र शोभा पाण्डेको आवाजमा ‘मेहेन्दी’ गीत सार्वजनिक गरिएको छ ।

एनबी जनकपुरीको संगीतमा तयार गीतले विवाहको माहोलसंग जोड्छ । स्वीकृति बरालको शब्द रचनामा तयार गीतको भिडियोमा अभिनेता यसराज गराच र ऋचा थापा फिचर्ड छन ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार म्युजिक भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी, मुकेश हुमागाईंको छायांकन र विनोद बमको सम्पादन छ ।

कलरफुल म्युजिक भिडियो ‘फुलबारी नेपाल’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्