‘मात्तिएको मौसम’मा मस्त जोर्डन र स्मारिका



रंगखबर, काठमाडौँ – भूमिका राईले आफ्नो प्रस्तुति रहेको गीत ‘मात्तिएको मस्त मौसम’ सार्वजनिक गरेकी छन् ।

सुमन केसी र रचना रिमालको स्वर रहेको गीतमा एसपी कोइरालाको शब्द र दीप घतानीको संगीत छ ।

रोमान्टिक भावको गीतको भिडियोमा मोडलद्वय जोर्डन राजभण्डारी र स्मारिका ढकाल फिचर्ड छन् । कुलेखानी ड्याम र आसपासका क्षेत्रमा निर्देशक निकेश खड्काले यो जोडीलाई प्रेमिल रुपमा प्रस्तुत गरेका छन् ।

बुद्ध थापाको छायांकन रहेको म्युजिक भिडियोको सम्पादन प्रकाश धमलाले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्