‘दोख’को नयाँ टिजर सार्वजनिक, दीया र मनिषमाथि यातना



रंगखबर, काठमाडौँ – अनुप बराल निर्देशित फिल्म ‘दोख’को नयाँ टिजर सार्वजनिक गरिएको छ ।

१ मिनेट २३ सेकेण्ड लामो टिजरमा मुख्य कलाकार दीया मास्के/मनिष निरौला बीचको प्रेम र माओवादीले लडाकुले दिएको यातनालाई प्रस्तुत गरिएको छ ।

द्वन्द्वकालमा सामुदायिक वनको मुद्धालाई लिएर दुई वटा गाउँबीचको किचलोको विषयमा माथि बनेको फिल्ममा दीया र मनिषसंगै लोकमणि सापकोटा, माओत्से गुरुङलगायतका कलाकारहरुको अभिनय छ ।

असार २४ मा रिलिज हुने यस फिल्ममा शैलेन्द्र ध्वज कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

रन्जु वाग्ले थापा, भिम न्यौपाने र ओम गुरुङ कार्यकारी निर्माता रहेको फिल्ममा सविन ज्ञवाली र मनोज अधिकारीको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्