सृष्टि स्टारर ‘राधा’को दुई पोस्टर सार्वजनिक



रंगखबर, काठमाडौँ – सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘द सिक्रेट अफ: राधा’को दुई पोस्टर सार्वजनिक भएका छन् ।

सुवर्ण थापा निर्देशित फिल्मको पोस्टरमा सृष्टिलाई प्रमुख स्थान दिइएको छ । फिल्मका अन्य कलाकार दयाहाङ राई, सौगात मल्ल, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, निश्चल बस्नेत, मेनुका प्रधानलगायतका कलाकारहरु पनि अटाएका छन् ।

भदौ १० देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मलाई निर्देशक थापा र सौगात मल्ल मिलेर निर्माण गरेका हुन् ।

फिल्ममा पशुपति राई, दिव्यदेव पन्त, राजन खतिवडा, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको पनि अभिनय छ ।

निर्देशक थापा कै कथा रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्