तिलिचोको सौन्दर्यतामा प्रेमिल पुष्प र श्रद्धा



रंगखबर, काठमाडौँ – पुष्प खड्का स्टारर फिल्म ‘कृष्णलीला’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

‘ए मेरो हजुर’ बोलमा पुष्प र लिड हिरोइन श्रद्धा क्षेत्री फिचर्ड छन् । चामे, मनाङ र तिलिचो क्षेत्रमा यो गीत छायांकन गरिएको हो । ५ हजार मिटर बढीको उचाईसम्म पुष्प र श्रद्धाको जोडी खुलेको छ ।

बाबुल गिरीको संगीत रहेको गीतमा डा. डिआर उपाध्यायको शब्द रचना र रवि ओड/सुनिता कार्कीको स्वर छ । गीतको भिडियो कोरियोग्राफी माइकल चन्दले गरेका छन् ।

दीपक ओलीले निर्देशन गरेको फिल्ममा पुष्प र श्रद्धासंगै बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नविन रेग्मीलगायतका कलाकारहरुको अभिनय छ ।

भदौ ३ मा रिलिज हुने फिल्ममा शिव ढकाल/उत्सव दाहाल/बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेल/बाबुल गिरीको संगीत र अर्जुन जिसीको सम्पादन छ ।

रोहित कटेलको प्रस्तुति रहेको ‘कृष्ण लीला’का निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ रहेका छन् । रत्न श्रेष्ठको कार्यकारी निर्माण रहेको फिल्मको सह-निर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।

प्रतिक्रिया दिनुहोस्