आमा बन्दै आलिया, भन्छिन ‘हाम्रो बच्चा छिट्टै आउँदैछ’



रंगखबर, काठमाडौँ – बलिउड अभिनेत्री आलिया भट्ट आमा बन्ने भएकी छन् । इन्स्टाग्राममा पोस्ट राख्दै आलियाले आफु गर्भवती भएको खुलासा गरेकी हुन् ।

उनले अस्पतालमा चेकअप गरिरहेकी फोटो अपलोड गर्दै लेखेकी छन्, ‘हाम्रो बच्चा छिट्टै आउँदैछ ।’

गत अप्रिल १४ मा आलियाले बलिउड अभिनेता रनबिर कपूरसंग विवाह गरेकी थिइन् । विवाहको दुई महिना बित्दा आलियाले खुसिको खबर बाहिर ल्याएकी हुन् ।

 

 

View this post on Instagram

 

A post shared by Alia Bhatt 🤍☀️ (@aliaabhatt)

अहिले आलिया र रनबिरलाई बधाई दिनेको ओइरो लागेको छ । अभिनेत्री प्रियंका चोपडा, रकुलप्रीत सिंह, मौनी रोय, परिनिती चोपडा, वाणी कपूरलगायतले बधाई दिएका छन् ।

यस्तै अभिनेता टाइगर श्रोफ, इशान खट्टर, निर्देशक करण जोहरलगायतले पनि बधाई दिएका छन् ।

सन् २०१२ मा ‘स्टुडेन्ट अफ द ईयर’बाट बलिउड डेब्यु गरेकी आलियाका ‘ब्रमास्त्र’, ‘डार्लिङ’, ‘रकी और रानी कि प्रेमकहानी’, हलिउडको ‘हार्ट अफ स्टोन’लगायतका फिल्म पाइपलाइनमा छन् ।

प्रतिक्रिया दिनुहोस्