‘प्रेमगन्ज’को शिर्ष गीत सार्वजनिक



रंगखबर, काठमाडौँ – भदौ ३ मा रिलिज हुने फिल्म ‘प्रेमगन्ज’को शिर्ष गीत रिलिज भएको छ ।

‘माथि माथि आकाशमा’ बोलको गीतमा पुरुषोत्तम ढुंगेलको शब्द, किरण भुषालको संगीत र सुगम पोखरेल/अश्मिता अधिकारीको स्वर छ ।

दुई पुस्ताको भाव समेटिएको गीतको भिडियोमा बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन र सुप्रिया खनाल फिचर्ड छन् ।

संजय लामाले रोलवालिङ हिमालय रेञ्जलाई भिडियोमा सुन्दर ढंगले उतारेका छन् ।

परिच्छेद सेनले निर्देशन गरेको फिल्ममा बेनिशा र तेजका अलावा सम्पदा बानियाँ, सुरक्षा पन्त, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, पवन भट्टराई, सन्जोग रसाइली, गित बिष्ट, राइडर प्रशन र सुप्रिया खनाललगायतका कलाकारहरुको अभिनय छ ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मलाई राजु फुयालले प्रस्तुत गरेका छन् ।

फिल्ममा परिच्छेद सेनको पटकथा/संवाद, किरण भुषालको संगीत, संजय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्