दोख ट्रेलर: दुई गाउँबीचको किचलो समाधानका लागि खेलिने खेल



रंगखबर, काठमाडौँ – अनुप बराल निर्देशित फिल्म ‘दोख’को ट्रेलर रिलिज गरिएको छ ।

ट्रेलरले सशस्त्र द्वन्द्वकालमा दुई गाउँबीच सामुदायिक जंगललाई लिएर उब्जिएको झमेलाको कथा भन्छ । अन्तिममा दुवै गाउँ फुटबल खेलको माध्यमबाट झमेला समाधान निर्णयमा पुग्छन । तर खेल मार्फत समस्या समाधान हुन्छ या हुँदैन ट्रेलरमा देखाइएको छैन ।

असार २४ देखि प्रदर्शनमा आउने फिल्ममा मनिष निरौला, लोकमणि सापकोटा, दीया मास्के, माओत्से गुरुङ, राज थापा कौचा, सुरज मल्ल, कमल देवकोटालगायतका कलाकारहरुको अभिनय छ ।

राजन कठेतको लेखन रहेको फिल्ममा शैलेन्द्र ध्वज कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्