‘प्रकाश’ मेरो लागि माइलस्टोन – रेणु योगी



रंगखबर, काठमाडौँ – प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को नयाँ पोस्टर सार्वजनिक भएको छ ।

यसअघि कलाकार प्रदीप खड्का र दीया मास्केको लूक्स सार्वजनिक गरेको टिमले कलाकार रेणु योगीको लूक्सपनि आउट गरेको हो ।

पोस्टरमा रेणु र प्रदीप अटाएका छन् । रेणुलाई विद्यार्थी रुपमा देखाइएको छ । भने, प्रदीपले लौरो समाएर संगै हिँडेका छन् ।

आफ्नो लूक्स सार्वजनिक भएपछी रेणुले ‘प्रकाश’ आफ्नो करिअरका लागि माइलस्टोन सावित हुने जनाएकी छन् । थुप्रै सफल नाटकहरुमा अभिनय गरिसकेकी रेणुका लागि यो डेब्यु फिल्म हो ।

फिल्ममा प्रदीपको जोडी बनेर देखिएकी रेणुले प्रदीपको लगनशीलता र मिहेनत देखेर आफु प्रभावित बनेको पनि उल्लेख गरेकी छन् ।

दिनेश राउतले निर्देशन गरेको फिल्ममा प्रदीप, दीया, रेणुसंगै प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारहरुको अभिनय छ ।

भदौ १० मा रिलिज हुने फिल्मले बाबुको सपना र आफ्नो उद्येश्य पुरा गर्न विद्यालयमा जागिर खान गाउँले युवकले गर्नु परेको संघर्षको कथा भन्छ ।

फिल्ममा ताराप्रकाश लिम्बु/एलिश कार्की/दीपक शर्मा/सुवाष भुषालको संगीत, बिकाश सुवेदीको लेखन, राजेश श्रेष्ठको डिओपी र जीवन थापाको सम्पादन छ ।

महेन्द्र अधिकारीले निर्माण गरेको फिल्मका सहनिर्मातामा अनिल मानन्धर र पिकेश मानन्धर छन् ।

प्रतिक्रिया दिनुहोस्