‘के घर के डेरा’को इन्डक्ल्याप



रंगखबर, काठमाडौँ – दीपेन्द्र के खनालको निर्देशनमा बनिरहेको फिल्म ‘के घर के डेरा’को छायांकन सकिएको छ ।

क्यामेरा अन भएको ३३ औँ दिनमा इन्डक्ल्याप भएको निर्देशक खनालले जानकारी दिए । काठमाडौँ भित्रै कै छायांकन र कलाकारको सहयोगले समय मै छायांकन सकिएको उनले बताए ।

फिल्मको अन्तिम दृश्य नेपाल कला परिषदमा लिइएको थियो ।

फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपानेलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा/संवाद, शंकर थापा स्माइलको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन रहनेछ ।

युवराज कार्की कार्यकारी निर्माता रहेको फिल्ममा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्