जारी प्रथामा आधारित ‘बुलाकी’को रिलिज डेट फाइनल



रंगखबर, काठमाडौँ – सुरक्षा पन्त र नरेन खड्का अभिनित फिल्म ‘बुलाकी’ कार्तिक १८ देखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

जारी प्रथामा आधारित फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरमा सुरक्षा, नरेन र विराज बिष्ट फिचर्ड छन् ।

हातमा ढुंगा समातेकी सुरक्षा पोस्टरमा आक्रोशित देखिएकी छन् ।

चलचित्रको छायांकन कर्णाली प्रदेशको उत्तरपूर्वी, दक्षिण र मध्य भागमा गरिएको हो ।

चलचित्रमा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, प्रकाश कँडेल, कुलदीप अधिकारी, झलनाथ खत्रीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

स्व. मोति विष्टको प्रस्तुति रहेको फिल्म छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको व्यानरमा निर्माण गरिएको हो ।

शिव ढकालले खिचेको फिल्ममा टोपेन्द्र विष्टको निर्माण र सौगात कँडेलको सहनिर्माण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्