प्रकाश गीत: अड्चनका बीच मौलाएको प्रदीप र रेणुको प्रेम



रंगखबर, काठमाडौँ – प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

‘जोर मैना’ बोलको गीतमा प्रदीप र रेणु योगीको प्रेम र बाधा देखाइएको छ । रेणुले डेब्यु फिल्ममा जुम्ला जिल्लाकी गाउँले युवतीको भूमिका निर्वाह गरेकी छन् ।

भिडियोमा प्रदीप र रेणुको केमेस्ट्री जमेको छ । दुवैको अनुहार भावले प्रेम र पिडा बोल्छ ।

दीपक शर्माको शब्द/संगीत रहेको गीतमा धुर्व बिस्कोको स्वर छ ।

दिनेश राउतको निर्देशनमा तयार फिल्ममा प्रदीप र रेणुसंगै दीया मास्के, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारहरुको अभिनय छ ।

भदौ १० मा रिलिज हुने फिल्मले बाबुको सपना र आफ्नो उद्येश्य पुरा गर्न विद्यालयमा जागिर खान गाउँले युवकले गर्नु परेको संघर्षको कथा भन्छ ।

फिल्ममा ताराप्रकाश लिम्बु/एलिश कार्की/दीपक शर्मा/सुवाष भुषालको संगीत, बिकाश सुवेदीको लेखन, राजेश श्रेष्ठको डिओपी र जीवन थापाको सम्पादन छ ।

महेन्द्र अधिकारीले निर्माण गरेको फिल्मका सहनिर्मातामा अनिल मानन्धर र पिकेश मानन्धर छन् ।

https://youtu.be/8ZOeLrUXBc4

प्रतिक्रिया दिनुहोस्