‘प्रसाद २’ निर्माण घोषणा, सिक्वेलको रुपमा कथा अगाडी बढाइने



रंगखबर, काठमाडौँ – निर्देशक सुदर्शन थापाको निर्देशनमा बन्ने फिल्म ‘प्रसाद २’को घोषणा गरिएको छ ।

बिहिबार राजधानीमा आयोजित प्रेसमिटमा फिल्मको कास्ट एण्ड क्रु चिनाइयो । सुशील पौडेलको लेखन रहको फिल्मले अघिल्लो शृंखलापछिको कथा भन्नेछ । निर्माण पक्षले यसलाई ‘प्रसाद’को सिक्वेल भनेको छ ।

कलाकारको रुपमा विपिन कार्की र नम्रता श्रेष्ठ यथावत छन् । निश्चल बस्नेतको ठाउँमा अर्पण थापा भित्रिएका छन् ।

निर्देशकको रुपमा सुदर्शनले दिनेश राउतलाई रिप्लेस गरेका छन् ।

सुभाष थापा र केशव पाण्डेले लगानी गर्ने फिल्ममा राज कटुवाल, कमलमणी नेपाल, प्रकाश घिमिरे, रश्मी पाण्डे, गीता अधिकारीलगायतको पनि अभिनय रहनेछ ।

यसअघि फिल्मको लागि ब्लकबस्टर संगीत तयार पारेका संगीतकार सुवाष भुषाललाई राजनराज सिवाकोटीले रिप्लेस गरेका छन् ।

यसै सातादेखि कास्कीबाट छायांकन सुरु हुने फिल्मलाई आगामी तिहारमा रिलिज गरिनेछ ।

सुवाष थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा राजेश श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहनेछ ।

४ वर्ष अगाडी प्रदर्शनमा आएको ‘प्रसाद’ बक्सअफिस र समिक्षात्मक रुपमा सफल ठहरिएको थियो ।

तस्विर: बिकास रौनियार 

प्रतिक्रिया दिनुहोस्