‘सम्झना बिर्सना’को ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म ‘सम्झना बिर्सना’को ट्रेलर रिलिज भएको छ ।

सार्वजनिक ट्रेलर पूजा, आकाश र अभिनेत्री छुल्ठिम गुरुङ बीच घुम्छ । यी तीन बीचको त्रिकोणात्मक प्रेमकथा ट्रेलरमा देख्न सकिन्छ ।

निमेष प्रधान निर्देशित फिल्मको ट्रेलरमा कमेडी, प्रेम, रोमान्स, विछोड र सस्पेन्स छोडिएको छ । फिल्मको कथा र पटकथापनि निर्देशक प्रधान कै हो ।

भारतको वेस्ट बेंगल र सिक्किम राज्यमा छायांकन गरिएको फिल्ममा चिया बगानका मजदुरको समस्यालाई पनि उठाइएको छ ।

असार ३१ देखि प्रदर्शनमा आउने फिल्ममा सुनिल थापा र शिशिर राणाको पनि मुख्य भूमिका छ ।

निमेष प्रधान र शिशिर राणाको संवाद रहेको फिल्ममा कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन र तारा थापा (किम्भे)को सम्पादन छ ।

सुवास भुर्तेल कार्यकारी निर्माता रहेको फिल्ममा अद्धितीय प्रधान र रेविका प्रधानको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्