सलोन, शिल्पा र कुशलको ‘मिलन’ कार्तिक पहिलो साता रिलिज हुने



रंगखबर, काठमाडौँ – सलोन बस्नेत र टिकटकर शिल्पा थापाको मुख्य भूमिका रहेको फिल्म ‘मिलन’ कार्तिक पहिलो साता प्रदर्शनमा आउने भएको छ ।

निर्माण पक्षले प्रदर्शन मिति भने तय गरेको छैन । पहिलो शुक्रबार अर्थात कार्तिक ४ मा रिलिज भएमा फिल्मले तिहारको विदा आत्मसाथ गर्न पाउनेछ ।

टेक पौरखी राईले निर्देशन गरेको फिल्ममा सलोन र शिल्पासंगै कुशल शाह ठकुरी, शिशिर बांग्देल, बिशाल पहाडी, जानुका पौडेल (प्याकुली)लगायतका कलाकारहरुको अभिनय छ ।

शिल्पा र कुशलको यो डेब्यु फिल्म हो । टिकटकमा चर्चित शिल्पालाई पछ्याउनेको संख्या लाखौँ छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मको डबिङ सकिएर प्रदर्शनको लागि तयार भएको हो ।

काठमाडौँ र दोलखा जिल्लामा छायांकन गरिएको फिल्ममा राहुल राईको छायांकन र तारा थापा (किम्भे)को सम्पादन छ ।

यो फिल्मलाई प्रविण थापाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्