वीर बलभद्रको वीरतामा आधारित ‘नालापानी’को मोशन पोस्टर रिलिज



रंगखबर, काठमाडौँ – सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज-नेपाल युद्धमा कप्तान वीर बलभद्र कुँवरले दिएको योगदानमा आधारित रहेको फिल्म ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक भएको छ ।

रिमेश अधिकारीले निर्देशन गरेको फिल्म कार्तिक ४ देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।

वीर योद्धा कुँवर र ६ सय सेनाको सहायतामा नेपालले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाएको थियो भन्ने कुरा फिल्मले भन्नेछ ।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

घनेन्द्र थपलियाको कार्यकारी निर्माण रहेको फिल्ममा अच्युत गजुरेलको भिएफएक्स, रामशरण उप्रेतीको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, डिजे एलेक्स/सुजिल कर्माचार्यको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन छ ।

मनोज शाक्य र रिमेश अधिकारी निर्माता रहेको फिल्ममा गणेश कार्कीको सहनिर्माण र सपन कुमार थापाको एशोसियट निर्माण छ ।

‘नालापानी’ले सन् २०२० को लागि चलचित्र बिकास बोर्डबाट विशेष फिल्मको अवार्ड पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्