वैवाहिक बन्धनमा बाँधिए नीता र हरिहर



रंगखबर, काठमाडौँ – लभजोडी नीता ढुंगाना र हरिहर अधिकारीले विवाह गरेका छन् ।

शुक्रबार राजधानीको याक एण्ड यति होटलमा लगनगाँठो कस्दै चार वर्षे प्रेमजीवनलाई नीता र हरिहरले वैवाहिक जीवनमा परिणत गरे ।

विवाहमा अभिनेत्री ढुंगाना र ज्योतिषी हरिहरका परिवार र नजिकका आफन्तहरुको उपस्थिति रह्यो ।

विवाहपछि नीताले फेसबुकमा फोटो सार्वजनिक गरेकी छन् । उनि क्याप्सनमा लेख्छिन, ‘खुसीसाथ विवाह भयो’ हरिहरलाई पोस्ट मेन्सन गर्दै नीताले हार्ट इमोजी राखेकी छन् ।

विवाह लगतै नीता र हरिहर होमप्रोडक्सनको फिल्म ‘ह्रस्वदीर्घ’ मा व्यस्त हुनेछन । यो फिल्ममा दुवैले पहिलो पटक स्क्रिन साझेदारी गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्