गायक प्रकाश रेग्मीको ‘शिरको फूल शिरैमा’ गीत सार्वजनिक



रंगखबर, काठमाडौँ – गायक प्रकाश रेग्मीले ‘शिरको फूल शिरैमा’ बोलको गीत सार्वजनिक गरेका छन् ।

लोकशैलीको गीतमा गायक रेग्मी र रेश्मा पुनको स्वर छ । राम अविरल विष्टको शब्द रचनामा एसडी योगीले संगीत भरेका छन् ।

शिव विकको कोरियोग्राफी र निर्देशनमा तयार म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल तनुजा वलीको अभिनय छ । भिडियोमा आकाश र तनुजा राजा-रानीको भेषमा देखिएका छन् ।

एनआर क्रियसनको प्रस्तुतिमा तयार म्युजिक भिडियोमा अजय रेग्मीको छायांकन र मिलन विश्वकर्माको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्