प्रदीप स्टारर ‘प्रकाश’को ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को ट्रेलर रिलिज गरिएको छ ।

ट्रेलरमा सरकारी शिक्षक बन्न शिर्ष पात्रले गर्नु परेको संघर्ष र वेपत्ता श्रीमानको पर्खाईमा रहेकी एक महिलाको कथा देखाइएको छ । फिल्ममा प्रदीपले शिर्ष भूमिका निर्वाह गरेका छन् । भने अभिनेत्री दीया मास्केले आमाको भूमिका निर्वाह गरेकी छन् ।

दिनेश राउतको निर्देशनमा बनेको फिल्मलाई कर्णाली प्रदेशमा छायांकन गरिएको हो । फिल्ममा प्रदीप र दीयासंगै प्रकाश घिमिरे, राजन खतिवडा, अमजद प्रवेज, रेणु योगी, देवकुमार श्रेष्ठ, निरज पन्थीलगायतका कलाकारहरुको अभिनय छ ।

रेणुको यो डेब्यु फिल्म हो ।

ताराप्रकाश लिम्बु/एलिश कार्की/दीपक शर्मा/सुवाष भुषालको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन र जीवन थापाको सम्पादन छ ।

विकाश सुवेदीको लेखन रहेको फिल्म भदौ १० देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।

महेन्द्र अधिकारीको निर्माण रहेको फिल्ममा अनिल मानन्धर र पिकेश मानन्धरको सहलगानी छ ।

प्रतिक्रिया दिनुहोस्